मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली दर्शकमाझ सफलता खोज्दै विदेशमा अवार्डेड 'डाइङ क्याण्डल'

फिल्मीखबर, काठमाडौं, 2017/02/08
 
विदेशमा सम्पन्न विभिन्न फिल्मफेस्टिभल तथा अवार्डमा पुरस्कृत तथा सम्मानित धेरै फिल्मले नेपालमा भने समिक्षकको मन जित्छन् तर व्यवसायिक हात पार्न सकेका उदाहरण छैनन् । पछिल्ला रिलिज 'कालोपोथी र 'सेतो सुर्य' यसका उदाहरण हुन् । यो बीचमा सोहि प्रकारले विदेशमा तारिफ भेटेर नेपाल रिलिजको तयारीमा छ फिल्म 'डाइङ क्याण्डल' (निभ्न लागेको दियो) । 
 
 
 
उल्लेखित विषयमा प्रश्न गर्दा निर्देशक नरेशकुमार केसी नेपाली दर्शकको मन जित्नेमा पनि विस्वस्त रहेको तर्क गर्छन् । 'हाम्रो फिल्मले नेपालीपन, नेपाली मन बोल्छ' समाजको यथार्थ चित्र पर्दामा ल्याउँदैछौं, नेपाली मल्टिप्लेक्समा पनि विदेशमा जस्तो प्रसंसा पाउनेमा ढुक्क छौं', आत्मविश्वासका साथ केसी बोले ।
 
 
 
उता अमेरिकामा सम्पन्न फिल्म फेस्टिभलमा सिनेमाटोग्राफी तर्फ अवार्ड जितेका छायाँकार निर्देशक रविन आचार्यले पनि 'डाइङ क्याण्डल' रिलिजको छेकोमा उत्साहित बनेको बताए । फिल्मका लिड कलाकार सौगात मल्ल र सृजना सुब्बाले पनि आफुहरुको जोडी 'लुट'देखि लक्की सावित भएको र मेहनत पनि उत्तिकै गरकेो भन्दै सफलता पाउनेमा आशा व्यक्त गरे । 
 
हिमाली भेगको पृष्ठभूमिमा दिदी र भाइको आत्मीय सम्बन्धको कथा बोल्ने फिल्ममा सौगात र सृजनासँगै अर्पण थापा, विद्या कार्की, लाक्पासिंगी तामाङ लगायतको मुख्य भुमिका छ । फिल्मको छायाँकनमा रविनसँग  दीपांकर सिग्देलले सहकार्य गरेका छन् । यहि शुक्रबार फिल्म रिलिज हुँदैछ ।