मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निशाको राजनीतिक तर्क, मोह कि कटाक्ष ?

फिल्मीखबर, काठमाडौं, 2017/02/08
'मेरो चाहना देशको राजनीतिकाइ नजिकबाट बुझ्ने छ र बुझ्दै पनि आएकी छु, हरेकदिन घट्ने राजनीतिक घटनाक्रममा मेरो चासो रहन्छ' अभिनेत्री नीशा अधिकारीले फिल्म 'मेरो देश'को प्रेस भेटघाटमा बोलेको वाक्य हो यो । राजनीतिक पृष्ठभूमीको फिल्ममा अभिनय गरेकी निशाले देशको राजनीतिलाइ सधैं सतहमा रहेर नियाल्दै आएको बताइन् । 
 
'घर चलाउने महिलाले पनि देश चलाउने राजनीति गर्नसक्छ, निशाले भनिन्, 'सासु बुहारीको झगडा जस्तो बनेको नेपालको राजनीतिक सेरोफेरोकै वरीपरी हाम्रो फिल्म घुमेको छ, देशको अनि समाजको पछिल्लो समयको वास्तविकता 'मेरो देश'ले बोल्छ ।' उल्लेखित कुराहरु बोल्दै गर्दा देश विगारेको आरोप पाएका नेताहरुप्रति निशाको कटाक्ष झल्किन्थ्यो ।
 
राजनीतिक फिल्मको कार्यक्रममा मात्र होइन अन्य समयमा पनि निशाले नेपाली राजनीतिलाइ नजिकबाट नियाल्दै आएको उनले पोस्ट गर्ने सामाजिक सञ्जालका अपडेटले बोल्छ । त्यसैले त पछिल्लो समय कलाकर्मीहरु भिन्नाभिन्नै राजनीतिक पार्टी प्रवेशको लहर चल्दा कतै यसको हावाले निशालाइ पनि छुँदै त छैन् ?
 
राजनीतिक पृष्ठभूमी बोकेको अनि लामो समयपछि अभिनेता आयुष रिजाल पर्दामा फर्केको फिल्म 'मेरो देश' आउँदो फागुन ६ मा रिलिज हुँदैछ ।