Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छुल्ठिमको इन्ट्रीसँगै वलिउड निर्देशकको 'मेरो पैसा खोइ' फ्लोरमा

फिल्मीखबर, काठमाडौं, 2017/02/07

वलिउडका नाम चलेका निर्देशक विवेक शर्माको निर्देशनमा बन्न लागेको फिल्म 'मेरो पैसा खोइ' फ्लोरमा गएको छ । मंगलबार 'क्ल्याप' पुज्दै निर्माण टिमले छायाँकन सुरु गरेको हो ।

 


रोज राणाको निर्माणमा बन्ने फिल्मबाट केहि दिन पहिले अभिनेत्री बर्षा शिवाकोटीले हात झिकेको खबर आएको थियो अब भने बर्षालाइ अर्की अभिनेत्री छुल्ठिम गुरुङले रिप्लेस गरेकी छिन् ।

फिल्ममा छुल्ठिमसँगै सौगात मल्ल, बर्षा राउत, सागर तिवारी, कमलमणी नेपाल, बुद्धी तामाङ, प्रमोद अग्रहरी र रविन तामाङ लिड अभिनयमा रहनेछन् । चन्द्र पन्तको एक्शन रहने फिल्म कमेडी जनराको हुनेछ ।

वसन्त सापकोटाको संगीत रहने फिल्ममा वलिउड कलाकार जुही चावला र राजपाल यादवको समेत विशेष भूमिका रहने बताइएको छ ।

Most Visited News (monthly)