मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 2.00/5.00)
Text size:-
+
-

अन्तत: अशिष्माले अंगालिन आमेशलाई

फिल्मीखबर, काठमाडौं, 2017/02/07

फिल्म 'मेला'को छायाँकन यतिबेला बिरगंजमा धमाधम भइरहेको छ । अनि फिल्मले नयाँ क्यामेष्ट्री जन्माएको छ अभिनेता आमेश भण्डारी र अभिनेत्री अशिष्मा नकर्मीबीच ।

 


प्राप्त तश्विरले नै बोल्छ फिल्ममा आमेश र अशिष्माको प्रेम अनि क्यामेष्ट्री । डेब्यू फिल्म 'फूलैफूलको मौसम तिमीलाई' ले शुन्यता दिएपछि सफलता खोज्न हतारिएका आमेश दोश्रो प्रोजेक्ट 'मेला' गरिरहेका छन् । उता अशिष्मा पनि सोलो हिरोइनमा सफलता खोज्दैगर्दा दुबै लिड कलाकारको लागी यो प्रोजेक्ट विशेष छ ।

उल्लेखित अनुहारसँगै सलोन बस्नेत लिड अभिनयमा रहेको 'मेला'लाइ एक्शन कट वसन्त निरौलाले गरिरहेका छन् भने दिव्य सुवेदी फिल्मका छायाँकार छन् । अर्को वर्ष रिलिज हुने फिल्मलाइ लिएर उत्साहित आमेशले फिल्मको लागी निकै मेहनत गरेको भन्दै सफलता पाउनेमा आशा व्यक्त गरे ।