मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 5.00/5.00)
Text size:-
+
-

शाहरुखको 'रइस' विजनेसमा 'काबिल'को ओभरट्रयाक !

एजेन्सी, मुम्बई, 2017/02/06

बर्ष २०१७ कै ठुलो भीडन्त मानिएको वलिउडका दुइ फिल्म 'रइस' र 'काबिल'को विजनेसमा अघि र पछिलो प्रतिस्पर्धा कायमै छ । दोश्रो सातामा प्रदर्शनरत फिल्मको विजनेसमा इनिसियल्ली 'रइस' अघि आयो ।

 


शाहरुख खानको फिल्म भएका कारण यसैपनि सुरुवाती दिनमा विजनेस अघि आउने स्वभाविक थियो । तर यो सँगसँगै रिलिज अर्का स्टार ऋतिक रोशनको 'काबिल'ले प्रदर्शनको ११ औं दिनबाट विजनेसमा ओभरट्र्याक सुरु गरेको छ ।

प्रदर्शनको दोश्रो शनिबार रइसले ८ करोड आसपासको विजनेस गर्दा 'काबिल'ले ९ करोड बढिको विजनेस गर्यो भने दोश्रो आइतबार 'काबिल'ले ११ करोड ८८ लाखको विजनेस गर्दा 'रइस'ले ९ करोडको विजनेसमा चित्त बुझायो ।

यसैपनि फिल्म हेर्ने दर्शकले समेत 'रइस'लाइ भन्दा एक स्थानमाथीको कमेन्ट 'काबिल'लाइ दिएका छन् ।