मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'लालटिन' टिजर सार्वजनिक, अर्को बर्षलाइ सर्यो रिलिज (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/06

दयाहाङ राइइ, प्रियंका कार्कीसँगै केकी अधिकारी स्टारर फिल्म 'लालटिन'को रिलिज सरेको छ । यसअघि चैत्रको तेश्रो शुक्रबार प्रदर्शनमा आउने भनिएको फिल्म अब अर्को बर्षको जेठ २६ मा रिलिज हुने भएको हो ।


चैत्रको दोश्रो साता दयाहाङकै फिल्म 'लप्पन छप्पन' रिलिज हुनु रिलिज फेरबदलको कारक हुनसक्छ । लगातार दयाहाङको फिल्म पर्दामा आउँदा विजनेसमा पर्नसक्ने संभावित असरलाइ मध्यनजर गर्दै निर्माण टिमले रिलिज सारेको हो ।

यसैबीच फिल्मको नयाँ रिलिज तय गर्दै निर्माण टमले टिजर सार्वजनिक गरेको छ । १ मिनेट लामो टिजरमा फिल्मको कथा संक्षेपमा प्रस्तुत छ । सस्पेन्स थ्रीलर जनराको फिल्मका प्रस्तुतकर्ता भानुप्रताप हुन् भने देवकुमार श्रेष्ठ निर्देशक छन् ।