बर्ष २०७३ को प्रतिच्छित फिल्म 'लुट २' सेन्सर पास भएको छ । दृश्य अनि संवादमा कैची लगाएर पनि एडल्ट दिएमा स्विकार नगरी सर्वोच्च जानेसम्मको चेतावनीपुर्ण अभिव्यक्ती दिएका निर्देशक निश्चल बस्नेतले सेन्सरबाट अब 'पिजी सर्टिफिकेट' पाएका छन् ।
फिल्म जाँचपासको अधिकारपुर्ण निकाय सेन्सर वोर्डले फिल्ममा समावेश केहि दोहोरो अर्थ लाग्ने अनि सामाजिक मान्यता अनुसार अश्लिल मानिने संवादमा कैची लगाएको निरमाता माधव वाग्लेले बताए । तर फिल्ममा समावेश केहि हिंसाजन्य दृश्यका कारण वालवालिकाले हेर्न भने अभिभावकको सहारा लिनुपर्नेछ ।
फिल्मको आइतवार सेन्सर भएको हो । फागुन १३ मा रिलिज हुने फिल्मलाइ लिएर दर्शक तथा शुभचिन्तक अनि फिल्मकर्मीमा पनि एक प्रकारको कौतुहलता छ । वाग्ले र नरेन्द्र महर्जनले मिलेर फिल्मको निर्माण गरेका हुन् ।
दयाहाङ राइ, सौगात मल्ल, कर्मा शाक्य, सृजना सुब्बा, ऋचा शर्मा, विपिन कार्की लगायत लिड अभिनयमा रहेको फिल्म ब्लकवस्टर फिल्म 'लुट' को सिक्वेल हो । सोहि फिल्मबाट अहिले स्टारको उपमा पाएका दयाहाङ र सौगात एकाएक चम्केका थिए ।
मिति : २०८० चैत्र १६, शुक्रवार
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-
संवादमा कैचीसहित 'लुट २' सेन्सर पास, वालवालिकाले एक्लै हेर्न नपाउने
फिल्मीखबर, काठमाडौं, 2017/02/06
- किन काठमाडौं आइन् ज्याकलिन ?
- चीनको बेइजिङ फेस्टिभलमा छानियो ‘गाँउ आएको बाटो’
- एक हप्तामा ‘महाजात्रा’ले कटायो ६ करोड, कति आउँछ निर्मातालाई ?
- ‘ईश्वर’ पोस्टरमा घाइते अनु र रिसाहा पृथ्वी
- ‘लण्डन टू पेरिस’ पोस्टरमा कबीर र गरिमा रोमान्टिक
- ट्रेलरको संवादले चर्चामा ‘डिग्री माइला’
- क्यूएफएक्सले गर्यो ‘महाजात्रा’लाई ‘सुपरहिट’ घोषणा
- ‘बलिदान’मा नीतिको सम्भावना कति ?
- गोलरक्षक एञ्जिलाको जीवन प्रेरित ‘अञ्जिला’ आगामी वर्षको माघमा
- यो हो संसारकै लामो फिल्म, जसको लम्बाई छ ८७ घण्टा