मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'काबिल'लाइ नाफै नाफा, सय करोड कमाउँदा सय प्रतिशत फाइदा !

एजेन्सी, मुम्बई, 2017/02/05

ऋतिक रोशन स्टारर फिल्म 'काबिल'ले वलिउड वक्सअफिसमा सय करोडको विजनेस आँकडा पार गरेको छ । फिल्मले प्रदर्शनको एघारौं दिनमा आउँदा १ सय ६ करोड १७ लाखको विजनेस गरेको छ । शनिबार मात्र ९ करोड २२ लाखको विजनेस गर्न फिल्म सफल रह्यो ।

 


यसैबीच बर्ष २०१७ को पहिलो महिनामा नै प्रदर्शनमा आएको यो फिल्म यो बर्षको लागी नाफा कमाउने पहिलो फिल्म बनेको छ । फिल्मले सय करोड विजनेस गर्दा सय प्रतिशत बढि नाफा कमाएको छ ।

प्रचार प्रसार सहित जम्मा ५० करोडमा बनेको फिल्मले भारतमा मात्रै ५६ करोड फाइदा कमाएको छ । जुन हिसाब नाफामा १ सय १२ प्रतिशत हुन आउँछ ।