मिति : २०८१ वैशाख २७, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'गाजलु'पछि फेरी मेनकासँग गौरव

फिल्मीखबर, काठमाडौं, 2017/02/03
अभिनय दुनियाँका स्थापित व्याक्तित्व टिका पहारी फिल्म निर्माणमा जुटेका छन् । उनले आफ्नै प्रोडक्सन साउटिङ्ग माउन्टेन्स् को ब्यानरमा 'टिम' नामको फिल्म बनाउने घोषणा गरेका हुन् । माघको अन्तिम साताबाट फिल्म फ्लोरमा जानेछ । 
 
जानकारीमा आए अनुसार 'टिम'मा पहारी परिवार हाबी छ । जहाँ टिकाका कान्छा छोरा सुलभले फिल्म निर्देशन गर्नेछन् भने जेठा छोरा गौरव पहारी लिड अभिनयमा रहनेछन् । फिल्ममा गौरवसँगै मेनुका प्रधान, सुनिल पोखरेल, हरिहर शर्मा र युवराज लामा मुख्य भूमिकामा रहने पक्का भइसकेको छ । 
 
पछिल्लो रिलिज 'गाजलु'मा पनि गौरव र मेनकाले स्कृन सेयर गरेका थिए । यो पहिले फिल्म 'उत्सव'मा पनि यो जोडी जमेको थियो । काठमाण्डौं र झापामा खिचिने फिल्मका निर्मातामा महाविर घिरहिया छन् । स्पोर्ट्स ड्रामामा 'टिम' आधारित रहने बताइएको छ । फुटबलको कथा फिल्मले पस्किनेछ ।  
 
प्रज्ञान थापाको लेखन रहेको फिल्म ‘टिम’ लाई भारतबाट आएका हरी र सतिशले खिच्नेछन् । यस्तै फिल्ममा संगीत एक्सेस ब्यान्ड, कालिप्रसाद बाँस्कोटा र भाष्कर स्वाँरको रहने बताइएको छ ।