मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 3.50/5.00)
Text size:-
+
-

बर्षाले छोडिन् 'भुतनाथ' निर्देशकको नेपाली फिल्म

फिल्मीखबर, काठमाडौं, 2017/02/03
अभिनेत्री बर्षा शिवाकोटी वलिउडको चर्चित फिल्म 'भुतनाथ' निर्देशक विवेक शर्माले बनाउन लागेको नेपाली प्रोजेक्टबाट बाहिर निस्केकी छिन् । निर्देशकले स्कृप्ट नदिएको तथा चरित्र नै परिवर्तन गरेकोले रोज राणाको निर्माणमा बन्न लागेको 'मेरो पैसा खोइ' फिल्म छाडेको बर्षाले बताएकी छिन् । 
 
 
 
तर निर्माता रोजले भने बर्षाको लागी तय गरिएको पात्रमा उनी फिट नभएपछि सहायकमा पनि सहायक भूमिका उनको पक्षमा देखिएपछि बर्षाले हात झिकेको दाबी गरे । उता बर्षाको तर्क भने लिड अभिनेत्री भनेर पछि सहायक पात्र थमाएको छ ।
 
खास कुरा के हो त, निर्माता रोजसँगको कुराकानीले उनले जवाफ फर्काए, 'मुख्य हिरोइनमा शिवाकोटी नभइ पहिले नै बर्षा राउत फाइनल थिइन्, सहायकमा आएकी शिवाकोटी उक्त पात्रमा पनि फिट नभएकोले बाहिर भएकी हुन् ।' फिल्म फागुनबाट फ्लोरमा जाने बताइएको छ । 
 
यो फिल्ममा सौगात मल्ल लिड अभिनेतामा फाइनल भइसकेका छन् । त्यसो त निर्देशक शर्माले यसअघि नै कुनै पनि कलाकार तथा निर्माण टिम सदस्यलाइ स्कृप्ट नदिने र सबैकुरा फ्लोरमा मात्र खुलाउने बोलिसकेका थिए ।