Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(9 votes, avg 2.67/5.00)
Text size:-
+
-

वलिउडले तोक्यो अर्चना पनेरुको रेट साढे चार करोड !

फिल्मीखबर, काठमाडौं, 2017/02/03

नेपाली रंगिन दुनियाँसँग नजिक जो कोहिको लागी पनि अर्चना पनेरु नयाँ नाम होइन् । पोर्नस्टार बन्छु भन्दै भारत बसाइ सकाएर नेपाल छिरेकी अर्चना एक्कासी मिडिया अनि सामाजिक सञ्जालमा चर्चामा आइन, जब उनका केहि टपलेस दृश्यहरु छताछुल्ल भए ।

 


चर्चामा आएको एक बर्षभित्रै उनले दुइ नेपाली फिल्म खेलिन् अनि आधा दर्जनजति म्युजिक भिडियो । पुर्व पोर्न स्टार सन्नी लियोनको नेपाली ट्याग आफै भिर्दै हिँडेकी अर्चनाको बारेमा नेपालसँगै अब भारतमा पनि चर्चा बढेको छ । चर्चित वलिउड अनलाइन दैनिक भास्करले अर्चनाको बारेमा स्टोरी लेख्दै नेपाली सन्नि लियोनको उपमा दिएको छ ।

 


अझ हाँस्यास्पद कुरा त के छ भने अर्चनाले एक फिल्म खेल्दा साढे चार करोड लिने गरेको समेत वलिउड भास्करले लेखेको छ, जबकी अर्चनालाइ केहि लाखमा मात्र राजु गिरीले 'जिस्म' फिल्मबाट डेब्यू गराएका थिए । त्यसो त नेपाली फिल्म उद्योग होस् या अन्य क्षेत्र ,कुनै पनि ठाउँको बारेमा राम्रोसँग अध्ययन नगरी समाचार बनाउने बलिउड अनलाइनहरु यो पटक पनि अर्चनाको काण्डमा फसेको देखिन्छ ।

त्यसो त सबटाइटलमा अर्चनाको रेट ४.५ करोड लेखेको अनलाइनले आफ्नो पुर्ण न्यूजमा भने ४.५ लाख लेखेको छ । यसले पनि वलिउड मिडिया नेपाली विषयको समाचार लेख्दा गम्भिर नभएर गलत जानकारी दिन पुगेको छुट्टयाउन सकिन्छ ।

Most Visited News (monthly)