मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मायामा विश्वासघात भएपछि रेश्मा र जतिनको यो हालत (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/02/02

अरुणकुमार प्रधानको निर्देशनमा तयार फिल्म 'यो साइनो मायाको'मा समावेश 'स्याड भर्सन'को अफिसियल गीत रिलिज भएको छ । आउँदो चैत्र ४ लाइ सार्वजनिक प्रदर्शन मिति तय गरेको फिल्म युनिटले प्रचारलाई अघि बढाउँदै गीत रिलिज गरेको हो ।

 


प्रेमपीडा बोल्ने मेल भर्सनको सार्वजनिक 'के भयो' बोलको गीतमा चर्चित गायक शिव परियारले स्वर भरेका छन् । शब्द तथा संगीत कुन्दन थापाको छ । लिड अभिनेता जतिन ताम्राकार र डेब्यू अभिनेत्री रेश्मा घिमिरे गीतमा फिचरिङ छन् ।

'यो साइनो मायाको' मा जतिन र रेश्मासँगै किशोर भण्डारी (डिट्ठा साब), राजु कमेडी, सुनिता ठाकुर, दिवस उप्रेती, आर्यन प्रधान, उमा कार्की, नवनित प्रधान, काशिस शर्मा, प्रतिला थापा, मनोज खतिवडा, गौरव खतिवडा, सागरा डंगोल र सुनिल सुब्बा अभिनयमा छन् ।

फिल्मको नामले नै प्रेम भाव दर्शाउँछ । रामकुमार श्रेष्ठ निर्माता रहेको फिल्मलाइ बाबुराम नेपालीले खिचेका हुन् ।