मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

नयाँ फिल्ममा दिपक दीपा र 'नाइ नभन्नु ल' निर्देशकबीच टिमअप

फिल्मीखबर, काठमाडौं, 2017/02/02

'छ एकान छ' देखि 'वडा नम्बर ६' हुँदै 'छक्का पञ्जा'सम्म लगातार हिट फिल्म दिएका हाँस्य क्षेत्रका शिर्ष नाम दिपकराज गिरी र दिपाश्री निरौलांसँगै भेट्रान निर्देशक निर्माता विकासराज आचार्यबीच नयाँ प्रोजेक्टका लागी टिमअप भएको छ ।

 


'नाइ नभन्नु ल' निर्देशक आचार्यको एक्शन कट रहने गरी नयाँ प्रोजेक्ट दुइ पक्षिय सहकार्यमा बन्ने पक्का भएको हो । दुबै पक्षले सहमती भइसकेको बोल्दै अन्तिम सम्झौता हुन भने बाँकी रहेको बताए ।

यो बर्षान्तमा फ्लोरमा जाने 'अन टाइटल' प्रोजेक्ट अभिनेत्री, निर्मात्री तथा निर्देशक दिपाश्री र दिपराजको कम्पनि आमा सरस्वती मुभिज र वान टाइम सिनेमाको संयुक्त ब्यानरमा तयार हुनेछ ।

नयाँ प्रोजेक्टको लागी लिड अभिनेतामा जितु नेपाल करिब फाइनल छन् भने अर्का अभिनेतामा निर्देशक समेत रहेका निश्चल बस्नेत समेत रहने करिब पक्का भइसकेको छ । अर्को रोचक कुरा त फिल्मको लिड अभिनेत्रीमा निश्चल पत्नि स्वस्तिमा खड्का हुने संभावना बढि छ ।

यो बिषयमा फिल्मीखबरसँगको कुराकानीमा दिपाश्रीले निश्चल र स्वास्तिमा करिब फाइनल भए पनि सम्झौतापत्रमा हस्ताक्षर हुन बाँकी रहेको तर्क गर्दा निर्देशक आचार्यको मनशाय भने तत्काल यो कुरा बाहिर ल्याउन नचाहेको बुझियो ।

निश्चल र स्वास्तिमासँग यो हप्ता भित्रै सम्झौता हुनसक्ने श्रोत बताउँछ । स्वस्तिमा हुँदैगर्दा पनि फिल्ममा अर्की एक अभिनेत्री राख्ने पक्षमा निर्माण युनिट छ । संभवत: यसअघिका दिपकदीपाका फिल्ममा समावेश हाँस्य कलाकारहरु समेत नयाँ फिल्ममा रहनेछन् ।

निर्देशक आचार्यले पुर्ण कमेडी जनरामा फिल्म बन्ने बताए । 'सेन्टिमेन्टल लभ स्टोरी पनि फिल्ममा जोडिनेछ', उनले भने ।