वलिउडमा पछिल्लो पुस्ताका कलाकारको नाम लिन पर्दा अभिनेतामा बरुण धवन अनि अभिनेत्रीमा आलिया भट्टको नाम अग्र स्थानमा आउँछ । यी दुइ राइजिङ स्टार एक ठाउँमा भएर प्रद्रशनको तयारीमा रहेको एक फिल्म यसैपनि बहु प्रतिच्छित बनिसकेको छ ।
'बद्रीनाथकी दुल्हनिया' फिल्ममा बरुण र आलियाले रोमान्स गरेका छन् । फिल्मसँग जोडिएर सार्वजनिक हरेकजसो प्रचार सामग्री यतिबेला फिल्म नगरीमा हिट छन् । यो बीचमा बुधबार फिल्मको ट्रेलर सार्वजनक गरियो ।
सार्वजनिक ट्रेलरले दर्शक तान्ने धेरै आधार पेस गरेको छ । यो फिल्म आउँदो १० मार्चमा रिलिज हुँदैछ । शशांक खैतानको लेखन, निर्देशनमा फिल्म तयार भएको हो ।

