चैत्र ११ लाइ प्रदर्शन मिति तय गरेको फिल्म 'लप्पन छप्पन'को अफिसियल गीत रिलिज भएको छ । तर सार्वजनिक गीतमा लिड अभिनेता भनिएका दयाहाङ राइ र सौगात मल्ल भने अटाएका छैनन् ।
यसअघि सार्वजनिक ट्रेलरमा उच्च स्थान सहित निर्माण टिमले दयाहाङ र सौगात संलग्न दृश्यहरु बाहिर ल्याएको थियो । तर पछिल्लो रिलिज गीतमा अभिनेत्री वर्षा शिवाकोटिको पछि पछि दुइ कलाकार प्रकाशजंग शाह र सिद खरेललाइ देखाएको छ । दया, सौगातसँगै अर्का लिड अभिनेता अर्पण थापा गीतमा छैनन् ।
मुकुन्द भट्ट निर्देशित फिल्मको ट्रेलरले राम्रो तारिफ पाइसकेको छ । फिल्मलाइ नेपालसँगै बेल्जियममा खिचिएको छ । डम्बर चन्द फिल्मका निर्माता हुन् ।

