शाहरुख खान स्टारर फिल्म 'रइस'ले यसअघि रिलिज शाहरुखकै 'डन २' को रेकर्ड ब्रेक गरेको छ । प्रदर्शनको सातौं दिन पार गर्दा फिल्मले एक सय ९ करोड १ लाखको विजनेस गरेको छ । 'डन २' को लाइफटाइम विजनेस भने मात्र १ सय ६ करोड थियो ।

'रइस'ले शाहरुखको अर्को फिल्म 'रावन' को विजनेस पनि तोड्ने लाइनमा छ । 'रावन' को विजनेस पनि जम्मा १ सय १५ करोड मात्र छ । तर १ सयको अघि पछिको विजनेसमा शाहरुख प्यान भने सन्तुष्ट छैनन् ।
आमिर खान र सलमान खानको ३ सय बढि करोड क्लवको वक्सअफिसमा हालीमुहाली हुँदा शाहरुख भने निरिह देखिएका छन् ।

