सुशिल श्रेष्ठ र बर्षा शिवाकोटी स्टारर फिल्म 'कारखाना'को अफिसियल प्रदर्शन मिति तय भएको छ । यसअघि माघे संक्रान्तिको छेकोमा प्रदर्शन गर्ने हल्लाका बीच फिल्मको रिलिज पोष्टपोण्ड भएको थियो । अब फिल्म अर्को बर्षको जेठ ५ मा रिलिज हुनेछ ।
फिल्मको पोस्टर सार्वजनिक गर्दै निर्माण टिमले प्रदर्शन मिति लक गरेको हो । शान थापाले तयार गरेको सार्वजनिक पोस्टरमा लिड कलाकार सुशिल र बर्षाको प्रेमभाव झल्किन्छ ।
फिल्मको यसअघि सार्वजनिक 'मायाले बोलेको' बोलको गीत दर्शक श्रोतामा लोकप्रिय भइसकेको छ । फिल्मलाइ अमरदिप सापकोटाले निर्देशन गरेका हुन् ।
गोविन्द शाहीले फिल्मको वितरण जिम्मा लिएका छन् । फिल्मलाइ सुदिप खड्का र अमर बज्राचार्यले संयुक्त लगानीमा निर्माण गरेका हुन् ।

