Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

बैङ्लोरमा पहिलो पटक नेपाली फिल्म फेस्टिभल

फिल्मीखबर, काठमाडौं, 2017/02/01
भारतको बैङ्लोरमा नेपाली फिल्म फेस्टिभल हुने भएको छ । फेस्टिभल बैङ्लोर रहेका नेपालीहरुको सहकार्यतामा नेपालको डिजिटल फिल्म मार्केटिङ् कम्पनी हाइलाईट्स नेपालले आयोजना गर्न लागेको हो ।
 
फेब्रूअरी १२ मा एक दिन चल्ने नेपाली फिल्मको फेस्टिभलमा तीन नेपाली फिल्म देखाइने पक्का भएको छ । जहाँ विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा उत्कृष्ट ठहरीएको कालोपोथी, जात्रा र 'लभ साशा'को स्कृनिङ हुनेछ । 
 
उक्त फेस्टिभलमा सहभागी हुन समबन्धित फिल्मको प्रतिनिधित्व गर्दै कलाकार तथा निर्माण टिम सदस्य कार्यक्रम स्थल पुग्नेछन् । यो फेस्टिभलमा बैङ्लोरमा हुन लागेको पहिलो नेपाली फिल्म फेस्टिभल दाबी गरिएको छ । 
Most Visited News (monthly)