मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

आपराधिक घटनामा निसाफ खोज्न मैदानमा अनुप

फिल्मीखबर, काठमाडौं, 2017/01/31

विवेक सापकोटाको निर्देशनमा फिल्म 'निसाफ' बन्ने भएको छ । आपराधिक आवरणमा मौलाउँदो विकृतिको कथा बोल्ने फिल्ममा लिड अभिनेतामा अनुपबिक्रम शाही अनुबन्ध भएका छन् ।

आपराधिक कथासँगै प्रेमकथा फिल्मको विषयबस्तु रहने बताइएको छ । सुपरियल फिल्मस् को ब्यानरमा बन्ने 'निसाफ'लाइ एस जंग रानाले निर्माण गर्न लागेका हुन् ।

फिल्ममा अनुप बिक्रम शाहीसँगै सरोज खनाल, ध्रुब कोइराला,  यादव बैरागी, भरत ढुङगाना र नव प्रस्तुतिमा साधना सिलवाल, शिशिर भट्ट सगुन थापा लगायतको अभिनय रहनेछ ।

फिल्मको लेखन निर्देशक स्वयंमको रहनेछ ।  दिव्य सुवेदीको छायाँकन रहने फिल्ममा मनोज चौलागाइको संगीत, श्री श्रेष्ठको द्धन्द्ध र कवीराज गहतराजको कोरियोग्राफी रहनेछ । फिल्म फागुन ५ बाट फ्लोरमा जाने बताइएको छ ।