मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नौ महिनामा पर्दामा आउँदा को बन्यो केकीको सफलतामा बाधक ?

फिल्मीखबर, काठमाडौं, 2017/01/31

केकी अधिकारी यो बर्ष ठुलोपर्दामा अहिलेसम्म दुइ पटम मात्र देखिइन् । गत बैशाखमा रिलिज 'हाउ फन्नी'पछि नौ महिनाको अन्तरमा केकी स्टारर 'लभ साशा' केहि हप्ता पहिले रिलिज भयो ।

तर नौ महिनाको अन्तरमा पर्दामा आउँदा पनि केकीलाइ लकले साथ दिएन की दर्शकले काममा विश्वास गरेनन्, फिल्मले सफलता पाउन सकेन् । नाम चलेका कलाकारहरुका धेरै फिल्म लगातार रिलिज हुँदा समय अन्तर चाहियो भनेर आउने कमेन्टमाथी नै उक्त फिल्मको विजनेसले धावा बोल्दियो ।

म्युजिक भिडियोमा दैनिकीजस्तो टेलिभिजनको पर्दामा अनि युट्युवमा आउने केकीले ठुलोपर्दामा लामो अन्तरमा आउँदा पनि सफलता नपाउँदा यसले उनको करियरमा एक धक्का दिएको हुनसक्छ । तर नेपाली फिल्म उद्योग पहिलेदेखि नै हिरो केन्द्रित छ, यहाँ हिरोइनको भन्दा हिरोको स्टारडम बढि बिक्छ त्यसैले कुनै फिल्मले हावा खाँदैमा यसको सिधा प्रभाव केकीमा पर्छ भन्न नसकिएला । तर हलसम्म पुगेर दर्शकले कामको मुल्याङ्कन गरेनन् भने त्यसको असर भने पक्का पनि अपकमिङ रिलिजमा पर्नसक्छ ।

संभवत यो बर्ष केकी स्टारर अर्को फिल्म 'लालटिन'मात्र रिलिज हुनेछ ।उक्त फिल्ममा केकीसँगै राम्रै नामचलेका अभिनेता अनि अन्य अभिनेत्री रहँदा यसको सिधा फाइदा केकीमा पनि पर्नसक्ला तर त्यो फिल्मले पनि सफलता पाएन् भने उनको करियरलाइ लिएर अन्य प्रश्न उब्जिन सक्छन् ।


फिल्म नचलेपछि कारण खोजी हुन्छ । कहिले राम्रा भनेका फिल्म पनि चल्दैनन् त कहिले समिक्षक अनि दर्शकले धारे हात गरेका फिल्म पनि व्यापारिक हिट हुन्छन् । त्यसैले फिल्मको कथा छान्दा अनि आफ्नो जोडी को सँग बाँध्ने र निर्माणमा टिमअप को सँग हुँदैछ भन्ने कुरामा पनि पहिले नै ध्यान दिनेकी केकी जी !