Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुबइमा पहिलोपटक नेपाली फेशन शो, र्‍यापमा उत्रिँदै हिरोइन र मोडल

फिल्मीखबर, काठमाडौं, 2017/01/30
मध्य पुर्वको देश युएइमा पहिलो पटक नेपाली फेशन शो आयोजना हुने भएको छ । पछिल्लो समय एकपछि अर्को गर्दै अवार्डदेखि हप्तै पिच्छेजस्तो सांस्कृतिक कार्यक्रम हुने थलो बनेको युएइमा अब पहिलो पटक फेशन शो आयोजना हुने पक्का भएको हो । 
 
 
 
छेपारो डटकमको आयोजनामा हुने हेमन फाउन्डेशनको सहयोगार्फ हुन लागेको उक्त फेशन शो मा नेपाल र दुबइमा कृयाशिल नेपाली मोडल तथा अभिनेत्रीहरु  र्‍यापमा उत्रिनेछन् । कार्यक्रममा नेपालबाट अभिनेत्रीहरु पूजना प्रधान, रजनी केसी र बर्षा राउत सँगै मिस नेपाल २०१४ सुविन लिम्बु सहभागी हुनेछन् भने दुबइमा सकृय मोडलहरुले पनि 'क्याट वाक' गर्नेछन् । 
 
नजिकिँदो 'भ्यालेन्टाइन डे'लाइ लक्षित गर्दै फेब्रुअरी १० तारिखमा बरदुबइ स्थित फोर प्वाइण्ट्स बाइ शेराटोना होटलमा 'फेशन फ्यूजन'नाममा कार्यक्रम हुने उक्त फेशन शोमा अभिनेत्री तथा मोडलहरुको कोरियोग्राफीको जिम्मा लिएकी निर्देशक साबित्री खत्रीले बताइन् । 
 
'काफल पाक्यो' निर्देशकले पहिलो फिल्मबाट नै कामको तारिफ पाएकी थिइन् । ठुला साना फिल्म निर्देशनसँगै खत्री कोरियोग्राफीमा पनि सकृय छिन् । नेपालमा थुप्रै फेशन सो गरिसकेकी तृष्णा गुरुङको तर्फबाट उक्त फेशन शो आयोजना हुन लागेको हो ।
Most Visited News (monthly)