मिति : २०८१ वैशाख ७, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(5 votes, avg 3.80/5.00)
Text size:-
+
-

रेखाले गरिन् बिहे

फिल्मीखबर, काठमाडौं, 2017/01/30
अभिनेत्री रेखा थापा सिंगल रहँदा उनको नयाँ बिहेको बारेमा राम्रै चर्चा चलिरहन्छ । मिडियामा गसिप बन्छन् उनि उभिएको ठाउँमा बिहेको बारेमा प्रश्न तेर्सिए हाल्छन् । निर्माता छबिराज ओझासँगको डिभोर्सपछि एकल भएकी रेखाले पुनः बिहे गरेकी छिन् । 
 
 
उनले दिल श्रेष्ठसँग केहि समय पहिले गुपचप बिहे गरेकी हुन् । जुनकुरा सोमबार मात्र बाहिरिएको छ । तर यो पढ्दैगर्दा नझूक्किनुस्, रेखाले रियलमा भने यसरी बिहे गरेकी होइनन् । फिल्म 'हिरो रिटर्न्स'को एक दृश्यमा रेखालाइ अभिनेता दिल श्रेष्ठसँग लगनगाँठो कसेको अवस्थामा देख्न सकिन्छ ।
 
फिल्मका निर्देशन आशिष भेटुवाल हुन् । फिल्ममा रेखा र दिपसँगै सविन श्रेष्ठ लिड अभियमा छन् । अभिनेता सविन फिल्ममा निर्माता समेत हुन् ।  आशिषले पछिल्लो पटक सामाजिक सञ्जालमा फिल्म छायाँकनका केहि दृश्यहरु सार्वजनिक गरेका हुन् । फिल्मका कार्यकारी निर्माता चन्द्र गौतम हुन् भने भिम न्यौपाने, अमित श्रेष्ठ र सहदेव गौतमले पनि लगानीमा साझेदारी गरेका छन् ।
 
कमेडी एक्सन जनराको फिल्ममा शिवम अधिकारीको कथा, मदन काश्यप  घिमिरेको छायांकन, दिपक शर्मा र टंक बुढाथोकीको संगीत छ ।