
अर्को बर्षको बैशाखमा रिलिज तार्गेट गरिएको फिल्म 'कुम्भकरण'को टिजर सार्वजनिक भएको छ । प्रचारलाइ अघि बढाउँदै निर्माण टिमले टिजर आउट गरेको हो ।
टिजरले फिल्मको कथा खुलाएको छ । जहाँ एक ग्रामिण भेगको विधालयमा प्राध्यापन गर्ने शिक्षक शिक्षिकाको कथा पेस गर्छ । एक तन्नेरी शिक्षिकाको सुन्दरताबाट लोभिएर प्रधानाध्यापक (प्रिन्सिपल)देखि सोहि विधालयको (परिचर) पिउनसम्म प्रभावित भएको कथा फिल्ममा समावेश भएको अनुमान टिजरबाट लगाउन सकिन्छ । जहाँ सुन्दरी शिक्षिकाको भूमिकामा अभिनेत्री निशा अधिकारी छिन् ।
फिल्ममा प्रिन्सिपलको भूमिका भोलाराज सापकोटाले निभाएका छन् भने अर्का शिक्षक छन् अभिनेता गौरव पहारी । उता पिउनको भूमिकामा अभिनेता अभय बराललाइ देख्न सकिन्छ ।
दिपक वलीले निर्देशन गरेको फिल्मका निर्माता क्षितिज बस्नेत हुन् । महेश दवाडीको कथा, पटकथा समावेश फिल्मलाइ हरी लामाले खिचेका छन् । फिल्मको अहिले स्वराङ्कन कार्य सुरु हुँदैछ ।

