५० बर्ष पुरानो नेपाली समाजको परिवेशलाइ पर्दामा उतार्दै शिवम अधिकारीको निर्देशनमा तयार हुँदै गरेको फिल्म 'पञ्चायत'को डबिङ सुरु भएको छ । सार्वजनिक प्रदर्शनमा भन्दा पनि पनिले विदेश प्रिमियर अनि फेस्टिभल लक्षित गर्दै फिल्मको पोस्ट प्रोडक्सनको काम धमाधम सुरु गरिएको हो ।

केहि हप्तादेखि चलिरहेको डबिङको काममा सोचे भन्दा बढी समय लागेको निर्देशक अधिकारी बताउँछन् । फिल्म पुर्णत: पश्चिम नेपालको बागलुङ र पर्वत जिल्लामा खिचिएको छ । पश्चिमेली भाषा पुर्णत: प्रयोग गर्न परेकोले डबिङमा कलाकारले गर्न परेको मेहनतका कारण समय केहि बढि लागेको उनको भनाइ छ ।
ग्रामिण परिवेशमा खिचिएको यस फिल्मलाइ बिपिन मल्लले सम्पादन गरिरहेका छन् । रवि अधिकारी कार्यकारी निर्माता रहेको 'पञ्चायत'मा सरोज खनाल, नीता ढुङ्गाना, रुपा राना, राजबाबु श्रेष्ठ लगायत लिड अभिनयमा छन् ।
गणेश गिरी प्रस्तुतकर्ता रहेको फिल्मका निर्माता सुशान्त श्रेष्ठ र शंकर सुवेदी हुन् ।

