Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 1.00/5.00)
Text size:-
+
-

चार दिनमै 'रइस'ले तोड्यो 'फ्यान' विजनेस रेकर्ड

एजेन्सी, मुम्बई, 2017/01/29

शाहरुख खान स्टारर वलिउड फिल्म 'रइस' अहिले दर्शकमाझ छ । फिल्म पर्दामा गत बुधबार नै आएको थियो । 'रइस'ले प्रदर्शनको चार दिनमा नै ७५ करोड बढिको विजनेस गर्दा शाहरुखकै फिल्म 'फ्यान'को पहिलो हप्ते कलेक्शनलाइ भने उछिनेको छ ।


वलिउड अनलाइन कोइमोइ डटकमका अनुसार फ्यानको पहिलो हप्ताको कलेक्शन ७१ करोड मात्र थियो त्यसपछि दोश्रो हप्तामा पुर्णत: ओरालो लागेपछि लाइफटाइम कलेक्शन पनि ८४ करोड मात्र थियो । तर 'रइस'ले प्रदर्शनको पाचौं दिनमा नै 'फ्यान'को सम्पुर्ण विजनेस उछिन्ने अनुमान छ ।

शनिबार मात्र 'रइस'ले १५ करोड माथीको विजनेस गरेको थियो । तर शाहरुखले १ सय करोडको विजनेस स्वाद चाख्न भने अझै दुइ दिन पर्खिनुपर्ने हुनसक्छ । आइतबार परेको विदाको दिन फिल्मले १८ करोड आसपास विजनेस गर्ने अनुमान छ ।

Most Visited News (monthly)