अभिनेत्री तथा पुर्व मिस नेपाल सृष्टि श्रेष्ठसँग भर्स्टाइल अभिनेताको छबि बनाएका सौगात मल्लको प्रेम प्रसंगको खबरले गसिप बजारमा राम्रै चर्चा पाइरहन्छ । पछिल्लो पटक यो जोडीको प्रेमको छोटो समयमै ब्रेकअप हल्ला समेत सिने वृत्तमा चलेको छ । यो बीचमा फिल्मीखबरसँगको कुराकानीमा सौगातले मुख खोलेका छन् ।
सृष्टिसँगको प्रेम प्रसंगको बारेमा सोधिएको प्रसंगमा सौगातले नियमित सम्पर्कमा रहने भन्दै सृष्टिलाइ यति माता गर्छु त्यो भन्नै सक्दिन् सम्म बोले । सृष्टिले पनि आफुलाइ उत्तिकै माया दिइरहेको समेत दाबी उनको छ ।
औपचारिक तथा अनौपचारिक कुराकानीमा सौगातले मोबाइलमा पनि दिनमा धेरै पटक संवाद सृष्टिसँगै हुने समेत खुलाए । ब्रेकअपको हल्ला भनेको मिडियाले फण्डा बनाउने कुरा मात्र भन्दै उनले यसका कुनै सत्यता नभएको समेत जिकिर गरे ।
सौगातले सृष्टिसँगको प्रेमको बारेमा बोलेको कुरा माथी भिडियोमा प्रस्तुत छः

