सायद डेब्यू ब्वाई संयम पुरी अभिनयको दुनियाँमा चिर परिचित नाम हो । 'सायद'देखि 'रातो घर'सम्म आइपुग्दा उनले आधा दर्जन बढि फिल्म गरिसकेका छन् । पछिल्लो पटक यी युवा अभिनेता हेमराज बिसीको निर्देशनमा फ्लोरमा जाने तयारी गरिरहेको फिल्म 'ग्याङ्गस्टर ब्लूज'को वर्कसपमा व्यस्त छन् ।
'ग्याङ्गस्टर ब्लूज'को वर्कसप चलिरहेको स्ठान ज्ञानेश्वरमा फिल्मीखबरटिम पुग्दा संयम हर्षित मुद्रामा देखिए । सोहि फिल्मबाट डेब्यू गर्दै गर्न लागेकी सुन्दरी भिजे रोजिशा शाही ठकुरीसँग जोडी बाँध्न लागेका संयमले हालसम्मको फिल्मी करियरको बारेमा अनि व्याक्तिगत जीवनको बारेमा खुलेर मन खोले ।
यो बीचमा निशा अधिकारीदेखि आश्मा डिसीसम्म काम गरिसकेका संयमले नेपालको अन्य कुन अभिनेत्रीसँग काम गर्ने इच्छा छ भन्ने प्रश्नमा पहिलो नम्बरमा नम्रता श्रेष्ठ रोजे । 'नम्रता दिदीसँग काम गर्ने मन छ, उहाँसँग क्यामेष्ट्री पनि मिल्छ जस्तो लाग्छ, संयमले ठट्यौली पाराले थपे, 'हाइटमा पनि हामी उस्तै देखिनसक्छौं ।'
संयम र रोजिशासँग गरिएको रमाइलो भिडियो कुराकानी यहाँ भिडियोमा प्रस्तुत छः

