Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

मलेशिया पुग्यो कमेडी फ्लेभरको 'लालजोडी'

फिल्मीखबर, काठमाडौं, 2017/01/26
लक्ष्मण सुवेदी निर्देशित कमेडी फिल्म 'लालजोडी' चाइनीज नयाँ बर्षको छेकोमा मलेसियामा प्रदर्शन हुने भएको छ । सञ्चारकर्मी समेत रहेका सुवेदीकै लेखन, निर्माण रहेको फिल्मलाई मलेसियामा प्रदर्शनको अधिकार मनु थापाले लिएकी हुन् ।
 
लामो समयदेखि मलेसिया, सिंगापुर र बंगलादेशमा ब्यापार व्यवसाय गर्दै आइरहेकी मनुले मलेसियामा 'लालजोडी'को माग भएकाले हलमा प्रदर्शन गर्न लागिएको बताइन् । ‘मलेसियामा रहेका नेपालीले लालजोडी हेर्न इच्छा गरेकाले हलमा प्रदर्शन गर्न लागेका हौ,’ मनुले भनिन् । 
 
'दर्शकले माग गर्ने नेपाली फिल्म मलेसियाका बिभिन्न शहरमा नियमीत रुपमा प्रदर्शन गर्ने तयारीमा छौ' उनको भनाइ छ । गत भदौमा नेपालमा प्रदर्शन भएको फिल्म कमेडी जनरा मन पराउने दर्शकको लागी राम्रो खुराक बन्नसक्छ । फिल्म मेलेसियाको क्वालालाम्पुरस्थिति फेडरल थिएटर 'चो किट' र सुएरा स्क्रिन्स थिएटर पसिर गुडाङ, जोहरमा यही जनवरी २८ देखि प्रदर्शन हुदैछ ।
 
नक्कली बाबुराम समेत रहेका ज्योती काफ्ले, रजनी केसी, आयुष्मा कार्की, वुद्धी तामाङ लगायत फिल्ममा लिड अभिनयमा छन् ।
Most Visited News (monthly)