Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

पशुपतिप्रसादको 'धनपति' रिलिज घोषणा

फिल्मीखबर, काठमाडौं, 2017/01/26
बर्ष २०७२ को हिट फिल्म 'पशुपतिप्रसाद' टिमको तर्फबाट बन्न लागेको नयाँ फिल्म 'धनपति'को फ्लोरमा जानु पुर्व नै रिलिज घोषणा गरिएको छ । निर्माण व्यानर टुकी आर्ट्सले प्रेस विज्ञप्ती जारी गर्दै अर्को बर्ष अर्थात २०७४को असार २३ लाइ विश्वव्यापी प्रदर्शनको मिति घोषणा गरेको हो । 
 
 
सार्वजनिक विज्ञप्तीमा यहि माघ २७ गतेबाट फिल्म औपचारिक फ्लोरमा जाने भन्दै अंग्रेजी महिनामा २०१७ को जुलाई ७ लाई सार्वजनिक प्रदर्शनको मिति फाइनल भएको जनाइएको छ । फिल्मलाई दिपेन्द्र के खनालले निर्देशन गर्दैछन् । 
 
सपना र अहंकारले एउटा मान्छेलाइ कता कता ठोक्याउँछ भन्ने मुख्य 'थीम'मा आधारित रहेर बन्न लागेको फिल्ममा खगेन्द्र लामिछाने र सुरक्षा पन्त लिड अभिनयमा हुनेछन् । फिल्मकी निर्मात्री रोजिना सिटौला हुन् भने सह निर्मातामा रजना नापित र समीर देवकोटा छन् ।
 
'पशुपतिप्रसाद'को अपार सफलतापछि बन्न लागेको नयाँ फिल्मले पनि दर्शकको मन जित्ने अपेक्षा निर्माण टिमले राखेको छ ।
Most Visited News (monthly)