Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निश्चल अब दुइ रुपैयाँको हिरो !

फिल्मीखबर, काठमाडौं, 2017/01/26
पछिल्लो पुस्ताका संभावनावान निर्देशक निश्चल बस्नेत अक्कल झुक्कल अभिनयमा पनि देखिन्छन् । पछिल्लो पटक आइटम गीतमा उनको स्थान चुलिँदो छ । अब भने यी निर्देशक अनि अभिनेता सोलो हिरो नै बन्ने पक्का भएको छ । बन्दै गरेको फिल्म '२ रुपैयाँ'मा निश्चल लिड अभिनेतामा अनुबन्ध भएका हुन् । 
 
फागुन २० गतेबाट फ्लोरमा जाने भनिएको फिल्ममा निश्चल लिड रोलमा हुनेछन् । उनीसँगै अर्का अभिनेता रहनेछन् । आशिफ शाह । आशिफ पछिल्लो पटक 'लभ साशा' फिल्ममा केमियो भुमिकामा थिए । फिल्ममा निर्देशन भने असिम शाहको रहने छ । 
 
'दुइ रुपैयाँ'मा निश्चल र आशिफसँगै बुद्धि तामाङ, प्रमोद अग्रहरी, राजन इशान, रविन्द्र झा लगायतको अभिनय रहने पक्का छ । कमेडी जनराको फिल्ममा अबिनेत्री को छिन् भन्ने सस्पेन्स राखिएको छ । ब्ल्याक हर्स र जी ट्वान्टी वनको संयुक्त ब्यानरमा फिल्म तयार हुनेछ ।
Most Visited News (monthly)