Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अशिष्मा पाउन सलोन र आमेशबीच हानथाप !

फिल्मीखबर, काठमाडौं, 2017/01/25
 
एक युवतीको पछि दुइ युवा लागे भने आफ्नो- आफ्नो पक्षमा पार्न पक्का पनि झगडा हुन्छ । द्वन्द्व हुन्छ । यहाँ यस्तै भइरहेको छ, एक अभिनेत्री पाउन दुइ अभिनेताबीच तानातान । प्रसङ्ग हो, फिल्म 'मेला' छायाँकनको । 
 
 
पछिल्लो पटक हेटौँडा र बिरगंजमा धमाधम छायाँकन भइरहेको फिल्म 'मेला'ले त्रिकोणात्मक प्रेम बोलेको छ । जहाँ अभिनेत्री अशिष्मा नकर्मीलाइ आफ्नी बनाउन दुइ अभिनेता आमेश भण्डारी र सलोन बस्नेत मरिमेटेर लागेका छन् । फिल्ममा यी दुइको अशिष्मा पाउनकै लागी झगडा परेको हुनसक्छ, बाहिरिएका केहि स्थिर तश्विरहरु यहि बोल्छन् । 
 
 
'फूलैफूलको मौसम तिमीलाई' डेब्यू अभिनेता आमेशको लागी 'मेला' दोश्रो प्रोजेक्ट हो । आमेशले पहिलो फिल्मका गरेको अभिनयले तारिफ भेटेको थियो तर उनको डेब्यू फिल्म व्यापारिक हिसाबले सफल भने हुनसकेन् । उता सलोन आफैमा पछिल्लो पुस्ताका लोकप्रिय अभिनेता मानिन्छन् भने अशिष्मा पछिल्लो समयकी व्यस्त अभिनेत्री हुन् । निर्देशक बसन्त निरौलाले यी तीन कलाकारको क्यामेष्ट्री राम्रो जमाउन सक्दा 'मेला' दर्शकको लागी मनोरञ्जनको राम्रो खुराक बन्नसक्छ ।
 
एक हप्ता पहिले फ्लोरमा गएको फिल्मको छायाँकन करिब एक महिना चल्ने बताइएको छ । फिल्मलाइ दिव्य सुवेदीले खिचिरहेका छन् ।
Most Visited News (monthly)