हल सञ्जालक तथा वितरकहरुको छाता संगठन नेपाल चलचित्र संघको नयाँ नेतृत्वमा वितरक तथा निर्माता प्रदिपकुमार उदय निर्वाचित भएका छन् । हेटौँडामा मंगलबार सम्पन्न संघको ४४ औं साधारणसभाबाट उदय सर्वसम्मत रुपमा नयाँ कार्यसमितिको नेतृत्वमा आए ।

नव निर्वाचित कार्यसमितिको सदस्यहरुमा अशोक शर्मा, बीरेन्द्र नारायण श्रेष्ठ, मधुसुधन प्रधान, नरेन्द्र महर्जन, गोपाल कायस्थ चयन भएका छन् । त्यस्तै अर्जुन श्रेष्ठ, मदनमान बज्राचार्य, विक्रम पराजुली, कपिल द्धा, राजिककुमार शाह, निराज पोखरेल, नारायणप्रसाद आचार्य र ओम जैसी पनि कार्यसमिती सदस्यमा छानिए । उल्लेखित सदस्यहरुबाटै भाइटल पोष्ट पदाधिकारीहरु चयन गरिने बताइएको छ ।
यस्तै संघको पूर्वाञ्चल क्षेत्र अन्तर्गत सभापतिमा चैतन्य बराल र सचिबमा परशुराम चौधरी चयन भएका छन् । नव निर्वाचित अध्यक्ष उदयको काँधमा संघ हाँक्ने जिम्मेवारी भने बैशाख पछि मात्र आउनेछ। त्यो पहिलेसम्म नेतृत्वमा अहिलेका अध्यक्ष नकिम उद्दिन नै रहनेछन ।

