Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

पर्दामा शाहरुख भर्सेज ऋतिक, पहिलो दिन कसले मार्यो बाजी ?

एजेन्सी, मुम्बई, 2017/01/25
वलिउडको लागी २०१७ को विग रिलिज डे । अन्ततः पर्दामा दुइ स्टार शाहरुख खान र ऋतिक रोशन आमन्ने सामन्ने भएका छन् । शाहरुखको 'रइस' र ऋतिकको 'काविल' पर्दामा एकसाथ प्रतिस्पर्धामा आउँदा पहिलो दिन को अघि को पछि चर्चा योग्य विषय छ । 
 
 
वलिउड अनलाइन वलिउड हंगामा डटकमको समाचारलाइ आधार मान्दा बुधबार रिलिज फिल्ममा 'रइस'ले 'काविल'लाइ धेरै उछिनेको छ । पहिलो दिनको औसत अकुपेन्सीमा 'रइस'को ८५ प्रतिशत पाइएको र 'काविल'को पहिलो दिनको अकुपेन्सी जम्मा ३५ प्रतिशत पाइएको छ । मल्टिप्लेक्समा दुबै फिल्मको दर्शक बराबार जस्तो भए पनि सिंगल स्कृनमा भने अधिकांश हल शाहरुखको फिल्मले बाजी मारेको अर्को अनलाइन कोइमोइ डटकम लेख्छ । 
 
बुधबारको एकिन विजनेस बिहिबार मात्र सार्वजनिक हुने भएपनि पहिलो दिन 'रइस' ले २० करोडको आसपास विजनेस गर्ने अनुमान छ भने' काविल'को आशातित विजनेस १० करोडको आसपास मानिएको छ ।
Most Visited News (monthly)