मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 1.00/5.00)
Text size:-
+
-

विश्वव्यापी ७ सय करोड बढि कमाउँदा 'दंगल'लाई कति नाफा ?

एजेन्सी, मुम्बई, 2017/01/22
वलिउड सुपरस्टार आमिर खान स्टारर फिल्म 'दंगल'ले विश्वव्यापी रुपमा अहिलेसम्म ७ सय २८ करोड २६ लाख विजनेस गरेको छ । यो विजनेस आफैमा किर्तिमानी हुँदा फिल्मले सर्वाधिक नाफा कमाउने फिल्ममा पनि किर्तिानी कायम गर्दैछ । 
 
 
वलिउड वक्सअफिसमा मात्रै ग्रसमा ५ सय २९ करोड ५३ लाख (३७८.२४ करोड) नेट विजनेस गर्दा फिल्मले अहिलेसम्म ३ सय २० प्रतिशत नाफाको विजनेस गरेको छ । वलिउड अनलाइन कोइमोइ डटकमले लेखे अनुसार फिल्मको निर्माणसँगै पब्लिसिटी खर्च जम्मा ९० करोड हो । 
 
स्पोर्ट्स ड्रामाले अहिलेसम्म २ सय ८८ करोड २४ लाख नाफा कमाएको छ । अहिलेसम्म पनि फिल्मप्रति दर्शकले दिएको साथ हेर्दै जाँदा यो विजनेस अझैं बढ्नेछ । त्यसो र दंगल वलिउडमा अहिलेसम्मकै सर्वाधिक विजनेस गर्ने फिल्म पनि बनिसकेको छ ।