मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

दुर्घटनामा परिन् अभिनेत्री नम्रता, रोकियो 'पर्व'को सुटिङ

फिल्मीखबर, काठमाडौं, 2017/01/22
अभिनेत्री नम्रता श्रेष्ठ सवारी दुर्घटनामा परेकी छिन् । फिल्म 'पर्व'को छायाँकन सकाएर घर फर्किँदै गर्दा नम्रता चढेको गाडी शनिबार राती दुर्घटनामा परेको थियो ।
 
नम्रता सवार टिभी फिल्मीको गाडीलाइ बा.१. झ १७७५ नम्बरको ट्याक्सीले ठक्कर दिएको बताइएको छ । दुर्घटनापछि नम्रताको हातमा चोट लागेको बताइएको छ । जसका कारण उनि उपस्थित हुन नसकेपछि आइतबारको 'पर्व' छायाँकन नै स्थगित भएको निर्माण टिमले बताएको छ ।
 
चैत्र २५ लाइ प्रदर्शन मिति तय गरेर फ्लोरमा गएको फिल्मको छायाँकन केहि दिनदेखि धमधम चलिरहेको थियो । लिड अभिनेत्री नम्रताको हातमा लागेको चोट ठुलो नभएको र सामान्य घाइते मात्र भएको कारण सुधार हुँदै जाँदा छिट्टै नै उनि सेटमा 'ज्वाइन' हुने बताइएको छ ।
 
फिल्मलाइ दिनेश राउतले निर्देशन गरिरहेका छन् । नम्रताको अपोजिटमा कोशिश क्षेत्री छन् ।