Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छक्का पञ्जाको 'पुर्व पश्चिम रेल'ले राख्यो युट्युवमा १ करोड बढि भिजिट किर्तिमान

फिल्मीखबर, काठमाडौं, 2017/01/22
छक्का पञ्जा फिल्ममा समावेश गीत 'पुर्व पश्चिम रेल'ले युट्युवमा एक करोड भिजिटको किर्तिमान राखेको छ । यसअघि यहि फिल्मको निर्माण ब्यानरमा बनेको 'वडा नम्बर छ' फिल्मको 'सुर्के थैली' बोलको गीतले समेत १ करोड बढि पटक युट्युवमा हेरिएको किर्तिमान बनाएको थियो । 
 
 
आमा सरस्वती मुभिजको व्यानरमा बनेका दुबै फिल्मका गीतले नेपाली फिल्मको इतिहासमा सर्वाधिक बढि युट्युवमा हेरिएको रेकर्ड बनाएका हुन् । यो पाइपलाइनमा 'लुट २' को गीत ठमेल बजार पनि रहेको अनुमान लगाइएको छ । उक्त गीत पनि अहिलेसम्म करिब ६० लाख पटक हेरिएको छ । 
 
त्यसो त केहि दिन पहिले मात्रै युट्युवमा रिलिज फिल्म 'छक्का पञ्जा' समेत ५५ ला भन्दा बढि पटक हेरिसकिएको छ । उक्त फिल्म पनि छिट्टै नै १ करोड बढि भिजिट हुनसक्छ । 'पुर्व पश्चिम रेल' बोलको गीतमा संगीत राजनराज शिवाकोटीको छ । स्वर राजनसँगै अञ्जु पन्तले भरेकी छिन् ।
 
रिलिजको झण्डै ८ महिनामा यो गीतले १ करोड भिजिट रेकर्ड राखेको हो । दिपाश्री निरौलाले फिल्मको निर्देशन गरेकी हुन् भने प्रियंका कार्की, दिपकराज गिरी, शिवहरी पौड्याल, जितु नेपाल, केदार घिमिरे, बर्षा राउत, नम्रता सापकोटा, बुद्धी तामाङ फिल्ममा लिड अभिनयमा छन् ।
Most Visited News (monthly)