मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपालको सफलतासँगै अमेरिकामा जात्रा, क्यालिफोर्नियामा अभिनेता बानियाँ

फिल्मीखबर, काठमाडौं, 2017/01/21
नेपालमा सर्वाधिक रुचाइएको सफल फिल्म 'जात्रा'को आज साँझ अमेरिकाको क्यालिफोर्नियामा स्पेशल स्कृनिङ हुँदैछ । अर्को फिल्म 'सेतो सुर्य'को फेस्टिभल प्रतिस्पर्धामा सहभागी हुन अमेरिका पुगेका जात्राका निर्माता अनि अभिनेता बानियाँ क्यालिफोर्नियामा शनिबार साँझ हुन लागेको शो मा सहभागी हुँदैछन् । 
 
 
'पाल्म स्प्रिङ इन्टरनेशनल फिल्म फेस्टिभलमा 'न्यू भ्वाइस, न्यू भिजन' तर्फ 'सेतो सुर्य'ले अवार्ड जितेको जानकारी गराउँदै बानियाँले अब भने जात्राको शो मा सहभागी हुन क्यालिफोर्निया पुगेको बताए । क्यालिफोर्नियामा शनिबार साँझ ५ बजे हुन गइरहेको शो मा सहभागी हुन र सँगै बसेर जात्रा हेर्न आउन त्यहाँ आसपासमा नेपालीहरुमा उनले आग्रह समेत गरेका छन् । 
 
 
निजी भ्रमणमा व्यस्त बानियाँले 'सेतो सुर्य'लाई अमेरिकामा निकै रुचाइएको बताउँदै जात्रालाई पनि त्यहाँ स्थित दर्शकले माया दिने आशा व्यक्त गरे । फिल्मका विभिन्न शो मा सहभागी भएर केहि हप्तापछि उनि नेपाल फर्किनेछन् । 'जात्रा'मा बानियाँसँगै विपिन कार्की र रविन्द्र झा अनि बर्षा राउत लिड अभिनयमा छन् ।प्रदिप भट्टराइ फिल्मका निर्देशक हुन् ।