Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

नेपाली चेली तेरियाले जितिन 'झलक दिखला जा'को ताज

फिल्मीखबर, काठमाडौं, 2017/01/20
 
नेपाली चेली तेरिया फौजा मगरले भारतिय टेलिभिजन च्यानल कलर्स टिभीको चर्चित शो 'झलक दिखला जा' को ताज जितेकी छिन् । यद्धपी कलर्स टिभीले यो निर्णयलाई औपचारिक घोषणा भने गरेको छैन् । 
 
 
बलिउड अनलाइन ‘बलिउड लाइफ’का अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै उनले 'झलक दिखला जा'को ताज जितेकी हुन् । वलिउड लाइफले बधाइ लेख्दै डान्स इण्डिया डान्सको ताज जितेकी तेरियाले ‘झलक दिखला जा’को पनि ताज आफ्नो घर भित्र्याएको जनाएको छ ।
 
उक्त डान्सिङ रियालिटी शो को औपचारिक प्रशारण भने शनिबार राती नेपाली समय अनुसार सवा नौ बजे हुनेछ । सोहि समयका टेलिभिजन दर्शकहरुले तेरियाको 'विनिङ' प्रस्तुती देख्न पाउनेछन् । 
 
भोटिङको आधारमा तेरियाले यो ताज देश भित्र्याएकी हुन् । उनको लागी वलियो प्रतिद्वन्द्वी सलमान यूसूफ खानलाई लिइएको थियो । त्यसो त भोटिङबाट विजेता घोषणा हुने धेरै कार्यक्रममा नेपालीहरुले जितेको उदाहरण धेरै छन् ।
तश्विरः वलिउडलाइफ
Most Visited News (monthly)