मिति : २०८१ वैशाख १३, बिहिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(2 votes, avg 2.00/5.00)
Text size:-
+
-

चैत्रमा टर्यो रेखा निखिल भिडन्त, अब दशैंमा हुनेछ फाइट !

फिल्मीखबर, काठमाडौं, 2017/01/20
चैत्र ११ मा एक्शन स्टार निखिल उप्रेती स्टारर फिल्म 'निर्भय' रिलिज पक्का हुँदा सोहि मितिमा यो पहिले नै घोषणा गरिसकिएको रेखा थापा स्टारर 'डायरी' पनि रिलिज तय थियो । जसले सिंगल थियटरका बादशाह मानिने दुबै कलाकार भिड्ने पक्का हुँदा भिडन्त रोमाञ्चक हुने अनुमान थियो । 
 
 
अब भने चैत्रमा हुने भनिएको निखिल रेखा भिडन्त टरेको छ । फिल्म 'डायरी' रिलिज पोष्टपोण्ड भएको छ । ओपचारिक घोषणा नगरिएपनि यो फिल्म तोकिएको मितिमा नआउने बताइएको छ । उता निर्देशक अनिल योञ्जन विरामी परेको कारण पनि रिलिज सरेको बताइन्छ । तर निर्माण टिम र वितरकबीचको सहमतिमै रिलिज पोष्टपोण्ड भएको श्रोत बताउँछ । 
 
'डायरी' वितरक गोविन्द शाहिले सोहि मितिमा आफुले नै वितरणको जिम्मा लिएको अर्को फिल्म 'लप्पन छप्पन' रिलिज तोक्नु नै 'डायरी' रिलिज नहुनुको कन्फर्म श्रोत हो । 
 
तर निखिल र रेखाको भिडन्त भने अब अर्को बर्षको दशैंमा हुने पक्का जस्तै भएको छ । केहि दिन पहिले घोषणा गरिएको फिल्म 'रुद्रप्रिया' र निखिलको डेब्यू फिल्म 'पिँजडा'बाट सापटी लिएर बनाउन लागिएको फिल्म 'पिंजडा ब्याक अगेन' दुबै अर्को दशैंको फुलपातीमा रिलिजको घोषणा पछि पुनः रेखा भर्सेज निखिल भिडन्त हुने देखिएको हो ।
 
सिंगल स्कृनका दुइ बादशाह एकसाथ भिड्दा कसले बाजी मार्छ त्यो हेर्न लायक हुनेछ ।