Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 5.00/5.00)
Text size:-
+
-

निश्चलको हातबाट फुत्कियो 'दिमाग खराब'

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/01/20
युवा निर्देशक निश्चल बस्नेतले दोश्रो फिल्म 'टलकजंग भर्सेज टुल्के' पश्चात 'दिमाग खराब' शिर्षकमा फिल्म बनाउने चर्चा चल्यो । धेरै मिडियामा समाचार पनि आए । गत बर्ष ठ्याक्कै अहिलेको समय (माघ फागुन) मा नै निश्चलले उक्त प्रोजेक्ट सुरु गर्न लागेको समाचार आएको थियो । 
 
 
यो बिषयमा निश्चलले रोमान्टिक कमेडी जनरामा दुई भिन्न चरित्रको कथासँगै नयाँपनमा 'दिमाग खराब 'बनाउन लागेको मिडियामा बोलेका थिए । तर उनि एक्कासी उक्त प्रोजेक्ट छाडेर 'लुट २' तिर लागे । अब भने औपचारिक रुपै निश्चलको हातबाट उक्त नाम फुत्केको छ । चलचित्र विकास वोर्डमा कालिन्चोक डिजिटल नेपाल प्रा.लि. को लागी आगद केसीले फिल्मको टाईटल दर्ता गराएका छन् । 
 
पछिल्लो मिति गत मंसिर २९ गते उनले विकास वोर्डबाट 'दिमाग खराब' नाममा निर्माण इजाजतपत्र बुझेका छन् । बर्ष २०७३/०७४ को लागी ७४ नम्बरमा यो टाइटल दर्ता भइसकेको छ । ठुलो मिडियाबाजी सहित फ्लोरमा समेत जाने तयारी गरेको बोलेका निश्चलले विकास वोर्डमा नाम दर्ता नगरी मिडियामा आउनुलाई आश्चर्यको रुपमा लिईएको छ ।
 
यो फिल्मलाई अब निर्देशक जनकदिप पराजुलीले गर्नेछन् । काठमाडौं, पोखरा, रामेछाप लगायतका ठाउँमा छायाँकन गर्ने भनिएको प्रोजेक्टको दर्ता गर्दा दयाहाङ राइ, दिपिका प्रसाईं र श्याम राइलाई लिड अभिनयमा रहने बताइएको छ । यद्धपी यी सबै कलाकार रहने नरहने तय भइसकेको छैन् । उता निश्चलले यो नाममा फिल्म बनाउने समाचार बन्दै गर्दा पनि दयाहाङ नै लिड अभिनयमा रहने फाइनल भएको कुरा बाहिर आएको थियो । 
 
यो प्रोजेक्ट कलाकार फाइनल भएसँगै आगामी बैशाखबाट फ्लोरमा जाने बताइएको छ । केहि दिनमा नै सबै कलाकारको टुंगो लाग्ने निर्माण टिमका एक सदस्यले बताए । दिनेश खड्का यो फिल्मका निर्माता हुनेछन् ।
 
 
त्यसो त पछिल्लो समय चलचित्र विकास वोर्डमा एउटा नाम लिएर जाँदा अर्कैको नाममा दर्ता भइसकेको पाइने उदाहरण धेरै छन् । यसअघि दिपकराज गिरीले 'लप्पन छप्पन' बनाउने भनेर दर्ता नगरी समाचार बाहिर ल्याउँदा पछि उक्त नाम उनको हातबाट फुत्केको थियो । निश्चल बस्नेतको हकमा पनि यहि कुराको निरन्तरता मानिएको छ । 
Most Visited News (monthly)