Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

स्वस्तिमाको पछि-पछि सुरज, यस्तो बनेर आयो 'लभ लभ लभ' रोमान्टिक गीत

फिल्मीखबर, काठमाडौं, 2017/01/20
'लभ लभ लभ' निर्मात्री शर्मिला पाण्डेले भन्दै आएकी छिन्, 'फिल्मको उच्च मेकिङको लागी कुनै कन्जुस्याईं गरेकी छैन्, प्रचारमा पनि यो लागु हुन्छ, राम्रो कन्टेन्ट भएकै कारण निर्माणमा आएकी हुँ ।' निर्मात्री पाण्डेको यो भनाइ बिहिबार सार्वजनिक उनको फिल्मको गीतमा पनि लागु भएको छ । राम्रो प्रस्तुती भएको रोमान्टिक गीत रिलिज हुँदा कता कता पाण्डेका कुराहरु पनि व्यक्त छन् ।
 
 
दिपेन्द्र के खनाल निर्देशित फिल्मको यसअघि नै सार्वजनिक टिजरले राम्रो संभावना देखाइरहँदा अडियो गीत सार्वजनिक गरियो सँगसँगै युट्युवमा भिडियो गीत पनि रिलिज । फिल्ममा समावेश ‘तिमी अघि अघि’ बोलको गीतको भिडियो युटुबमा आएको हो । सार्वजनिक रोमान्टिक प्याटनको गीतमा स्वर अरिफ रौफको छ भने शब्द संगीत सुरेश राइको छ ।
 
 
गीतमा डेब्यू अभिनेता सुरज पाण्डे र स्वस्तिमा खड्का फिचरिङमा छन् । पर्यटकिय नगरी पोखराका सुन्दर दृश्य समावेश गीतको भिडियोमा सुरज र स्वस्तिमालाई रोमान्टिक मुडमा भेट्न सकिन्छ । स्वस्तिमाको प्रेम पाउन सुरज पछि पछि लागेको भााव गीतले बोल्छ । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।
 
 
नगेन्द्र घिमिरे प्रोडक्शन डिजाइनर रहेको फिल्मलाई निरज कंडेलले खिचेका हुन् । सुरज सिने आर्ट्सको व्यानरमा बनेको 'लभ लभ लभ'का प्रस्तुतकर्ता अमृत पाण्डे छन् । यो फिल्म नयाँ बर्ष २०७४ को छेकोमा आउँदो बैसाख १ गते रिलिज हुँदैछ । 
Most Visited News (monthly)