मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

निर्देशक बन्दै दुई पाका अभिनेत्री

फिल्मीखबर, काठमाडौं, 2017/01/19

आफूभन्दा जुनियर अभिनेत्री फिल्म निर्देशनमा हाम्फालेको देखेपछि दुई पाका  अभिनेत्री गौरी मल्ल र करिष्मा मानन्धर पनि निर्देशनमा उत्रन लागेका छन् । हाल दुवै जना फिल्मको स्क्रिृप्ट तयार गर्र्न व्यस्स्त छन् । गौरी र करिष्माले प्रकाश थापाको ‘सन्तान’बाट  एकैपटक रजतपटको यात्रा थालेका थिए ।


‘बाबुसाहेब’ पछि ‘फागु’ निर्माण गरेकी करिष्माको फिल्मले बजारमा खासै चमत्कार गर्न सकेको थिएन । उता विदेशबाट फर्केर आएपछि गौरी पनि चरित्र अभिनेत्रीमा सक्रिय हुँदै आएकी थिइन् । गौरीको फिल्मको पटकथा लगभग तयार भइसकेको छ । उता करिष्माले निर्देशन गर्ने फिल्मको डिटेल बाहिर नआइसकेको भए पनि उनले छोरी कवितालाई लिएर फिल्म बनाउन चाहेको बताइएको छ । कविता हाल अध्ययनको सिलसिलामा अमेरिका छिन् ।