मिति : २०८१ वैशाख ८, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

अष्ट्रेलियामा 'शब्द'लाई सफलता, दर्शकको मागमा बढाइयो शो

फिल्मीखबर, काठमाडौं, 2017/01/17
अभिनेता सौगात मल्ललाई अष्ट्रेलियामा फिल्म 'शब्द' प्रिमियरको लागी अभिनेत्री कमली वाइवाले हेलिकप्टर चार्टर गरेर भिषा समस्या समाधानको लागी काठमाडौंबाट मनास्लुसम्म लिन गएको समाचारले राम्रै चर्चा पायो । त्यसपछि सौगात र कमली एकसाथ अष्ट्रेलिया पनि गए, प्रिमियरमा पनि सहभागी भए । 
 
 
यो प्रभाव अनि फिल्मको कन्टेन्टले त्यहाँ स्थित दर्शकको मन जितेको छ । फिल्मको चालु भइरहेका शो थप भएको खबर प्राप्र छ । अष्ट्रेलियाको लागी फिल्मको अधिकार लिएका गोविन्द भण्डारीका अनुसार नियमित शो मा दुइ शो थपिएका छन् । चार शो को मात्र भनिएको फिल्मको अबको प्रदर्शन (छ) शो मा पुगेको छ ।
 
सौगात र कमली फर्किँदै गर्दा पनि थपिएको शो मा शब्दले पाएको सफलता मानिएको छ । नेपालमा पनि फिल्मप्रति दर्शकको प्रतिक्रिया मध्यम छ । यो फिल्मलाई सन्तोष शिवाकोटीले निर्देशन गरेका हुन् । 
 
सौगात र कमलीसँगै ए गुरुङ, रोएदिप श्रेष्ठ, ओशिन भट्टराइ लिड अभिनयमा रहेको फिल्ममा विष्णुकुमार थेवे र छिरिङ लामाले लगानीमा साझेदारी गरेका छन् । फिल्मको मार्चमा हङकङ प्रिमियर हुनेछ । अभिनेत्री कमली आफैमा हङकङ आईडी होल्डर हुन् ।