मिति : २०८१ वैशाख १५, शनिवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

सात फोटोमा हेर्नुहोस रेश्मा र जतिनको मायाको साइनो (तश्विर स्टोरी)

फिल्मीखबर, काठमाडौं, 2017/01/16

अरुणकुमार प्रधान निर्देशित फिल्म 'यो साइनो मायाको' रिलिजको लागी तयार छ । संभवत फागुनमा रिलिज हुने फिल्मको नामले नै लभस्टोरी प्याटन बोल्छ ।

 


गत महिना सार्वजनिक टिजरले राम्रो तारिफ भेटेको फिल्ममा समावेश केहि स्थिर दृश्यहरु बाहिरिएका छन् जहाँ लिड अभिनेता जतिन ताम्राकार अनि अभिनेत्री रेश्मा घिमिरेको प्रेमभाव झल्केको छ । अन्य दृश्यमा हाँस्य कलाकारितामा 'डिट्ठा साब' को रुपमा परिचित कलाकार किशोर भण्डारीको कमेडी अबतार पनि झल्केको छ ।

 


फिल्ममा रामकुमार श्रेष्ठको लगानी छ । उल्लेखित बाहेक अन्य कलाकारमा राजु कमेडी, नवनितराज प्रधान, सुनिता ठाकुर लगायतलाइ फिल्ममा भेट्न सकिन्छ ।

 


यसअघि सार्वजनिक टिजर कलरफूल आएको थियो । टिजरले नै राईजिङ स्टारहरु अभिनयमा रहेको फिल्मप्रति आशाको किरण छरेको थियो । फिल्म 'यो साइनो मायाको' निर्मा टिमले छिट्टै नै रिलिज मिति तय गर्दै ट्रेलर सार्वजनिक गर्ने तयारी गरेको बताएको छ ।

 



यहाँ हेर्नुहोस फिल्म भित्रका केहि स्थिर दृश्यहरु: