मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

'कसले चोर्यो मेरो मन फेरी' छाडेर किन लागिन् रेखा 'रुद्रप्रिया' तिर ?

फिल्मीखबर, काठमाडौं, 2017/01/16
यसअघि ‘घोषणा’ गरिएको फिल्म ‘कसले चोर्यो मेरो मन फेरी’ लाई पर सार्दै अभिनेत्री रेखा थापाले नयाँ फिल्म निर्माणको घोषणा गरेकी छिन् । रेखा फिल्मस्ले निर्माण गर्ने नयाँ फिल्मको नामाकरण 'रुद्रप्रिया' गरिएको छ, जसको शिर्ष भूमिकामा रेखा स्वयम प्रस्तुत हुनेछन् ।
 
'रुद्र प्रिया' लाई 'माला' फिल्मका निर्देशक सुदिप भूपाल सिंह निर्देशन गर्नेछन् । पहिलो फिल्मबाटै निर्देशक सिंहले प्रशंसा पाएका थिए । 
 
'रुद्रप्रिया' मा रेखाले पहिलो पटक क्याम्प बाहिरका दुई हिरोहरु अनुबन्धित भएका छन्, जो निर्देशक समेत हुन् । 'प्रेम गीत' पछि ‘म यस्तो गीत गाउँछु’ को तयारीमा रहेका निर्देशक सुदर्शन थापा र 'मुखौटा' फिल्मका निर्देशक अर्पण थापा 'रुद्र प्रिया' का दुई हिरोहरु हुन् ।
 
चैतदेखि छायाँकन सुरु हुने रेखाको ‘रुद्र प्रिया' आगामी दशैंमा रिलिज हुनेछ । सुरेश अधिकारीको संगीत रहेन रेखाको फिल्मलाई संजय लामाले खिच्नेछन् । 
 
सरस्वती थापा निर्माता रहने फिल्म ‘रुद्र प्रिया’ मा रमेश पौडेल रेखासँग पचास प्रतिशत सेयर हालेका छन् । रमेश सिम टिभिका मेनेजिङ डिरेक्टर हुन् । सदा झैं रेखाको ‘रुद्र प्रिया’ नारी प्रधान हुनेछ ।
 
'कसले चोर्यो मेरो मन फेरी'को भन्दा पहिले 'रुद्रप्रिया' किन भन्ने प्रश्नमा रेखाले भनिन्, 'कसले चोर्यो मेरो मन फेरी'ले ऐतिहासिक कथा बोल्छ, स्कृप्ट पनि फाईनल हुन बाँकी छ त्यसैले नयाँ प्रोजेक्टमा लागेका हौं ।' 
 
यसैबीच रेखाले नव घोषित फिल्म अर्को बर्षको दशैंमा रिलिज गर्ने घोषणा समेत गरेकी छिन् ।