मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

छबिराज ब्यानरमा निर्मात्री शिल्पा, मैतिदेवीमा 'मंगलम' सुभ साइत

फिल्मीखबर, काठमाडौं, 2017/01/16
अभिनेत्री शिल्पा पोखरेलले निर्माणमा डेब्यू गर्न लागेको फिल्म 'मंगलम'को शुभ साइत भएको छ । भेट्रान निर्माताको छबि बनाएका छबिराज ओझाको ब्यानरमा बन्न लागेको यो फिल्ममा शिल्पा कार्यकारी निर्माता छिन् । 
 
 
'मंगलम'को सोमबार राजधानीको मैतिदेवी मन्दिर र कमलादी स्थित गणेश मन्दिरमा स्कृप्ट र क्ल्याप पूजा गरियो । जहाँ स्कृप्ट र क्ल्याप पूज्दै निर्माण टिम अनि लिड कलाकारले सफलताको कामना गरे । 'मंगलम' फेमिली ड्रामालाई नवल नेपालले निर्देशन गर्दैछन् ।
 
फिल्मकी लिड अभिनेत्री शिल्पा नै हुन् । शिल्पाले यो फिल्ममा पुष्प खड्का र पृथ्वीराज प्रसाईंसँग स्कृन सेयर गर्दैछिन् । फिल्मको छायाँकन माघ ७ गतेबाट सुरु हुने बताइएको छ ।
 
फिल्मको सम्पुर्ण छायाँकन काठमाडौंमा नै हुने र एक गीत भने उपत्यका बाहिर खिचिने निर्मात्री बन्दै गरेकी अभिनेत्री शिल्पाले बताइन् ।