एक्शन स्टार निखिल उप्रेती सिङगल थिएटरको लागी वक्सअफिसका बादशाह नै मानिन्छन् । चाहे एक महिनाको फरक होओस्, चाहे केहि लामो समय अन्तर, जुन समयमा पनि निखिलको फिल्म रिलिज हुँदा झुर नै बनेपनि ईनिसियल विजनेस आक्रामक हुन्छ । निखिल नाममा नै सुरुवाती दिनमा दर्शकले हल भरिन्छन् ।
पाँच बर्षको अन्तरपछि 'भैरव' मार्फत पर्दामा आउँदा उनको कमब्याक दमदार रह्यो । त्यसपछि लुटेरा आयो, लुटेराले पनि तहल्का मच्चायो । त्यसपछि करिब डेढ बर्षको अन्तरमा यो हप्ता निखिल स्टारर 'किङ' रिलिज भयो । पहिलो शनिबार फिल्मले आक्रामक विजनेस गर्यो ।
तपाईंहरुले देखिरहेको यो दृश्य माघे सक्रान्तिको दिन शनिबारको हो । शनिबार अपराह्न हामी राजधानीको चाबहिल स्थित गोपिकृष्ण हल पुग्दा टिकट काट्न दर्शक लामबद्ध थिए । भित्र हल भरिभरउ थियो, बाहिर दिवा शो पर्खेर बसेका दर्शकहरु कति टिकट हातमा लिएर निखिल खोज्दै हल छिर्ने तर्खरमा थिए त कति दर्शक टिकट सकिएपछि फिल्म हेर्न नपाएको गुनासो गर्दै थिए ।
यो माहोल हुँदै गर्दा जब निखिल मैदानमा देखिए अनि सुरु भयो निखिल निखिल र 'किङ' किङ' को हुटिङ । निखिल दर्शकसँग पुग्दा उनीसँग तश्विर लिने सेल्फी लिने र गला मिलाउने अबसर दर्शकले पाए । त्यो समय दर्शकले निखिललाई उचाले, धेरै मिनेट बाहिर निस्किन नै दिएनन् ।
उता निखिलसँगसँगै रहेका अर्का अभिनेता अनुपबिक्रम शाही, प्रज्वलसुजल गिरी र अभिनेत्री वेनिशा हमालसँग तश्विर लिने दर्शक पनि राम्रै थिए । पर्दामा देखिरहेका कलाकारहरुलाई आफ्नै अगाडी देख्दा धेरै दर्शकले खुसियाली साटे ।
सविर श्रेष्ठ निर्देशित फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । रुपा राना, जगन श्रेष्ठ पनि लिड अभिनयमा छन् । 'किङ'को वक्सअफिस विजनेस रिपोर्ट आउन बाँकी छ ।