Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(0 vote, avg 0.00/5.00)
Text size:-
+
-

शनिवार 'किङ' विजनेस आक्रामक, दर्शकबाट घेरिए निखिल

बैकुण्ठराज पराजुली, काठमाडौं, 2017/01/15
 
एक्शन स्टार निखिल उप्रेती सिङगल थिएटरको लागी वक्सअफिसका बादशाह नै मानिन्छन् । चाहे एक महिनाको फरक होओस्, चाहे केहि लामो समय अन्तर, जुन समयमा पनि निखिलको फिल्म रिलिज हुँदा झुर नै बनेपनि ईनिसियल विजनेस आक्रामक हुन्छ । निखिल नाममा नै सुरुवाती दिनमा दर्शकले हल भरिन्छन् ।
 
पाँच बर्षको अन्तरपछि 'भैरव' मार्फत पर्दामा आउँदा उनको कमब्याक दमदार रह्यो । त्यसपछि लुटेरा आयो, लुटेराले पनि तहल्का मच्चायो । त्यसपछि करिब डेढ बर्षको अन्तरमा यो हप्ता निखिल स्टारर 'किङ' रिलिज भयो । पहिलो शनिबार फिल्मले आक्रामक विजनेस गर्यो । 
 
तपाईंहरुले देखिरहेको यो दृश्य माघे सक्रान्तिको दिन शनिबारको हो । शनिबार अपराह्न हामी राजधानीको चाबहिल स्थित गोपिकृष्ण हल पुग्दा टिकट काट्न दर्शक लामबद्ध थिए । भित्र हल भरिभरउ थियो, बाहिर दिवा शो पर्खेर बसेका दर्शकहरु कति टिकट हातमा लिएर निखिल खोज्दै हल छिर्ने तर्खरमा थिए त कति दर्शक टिकट सकिएपछि फिल्म हेर्न नपाएको गुनासो गर्दै थिए । 
 
यो माहोल हुँदै गर्दा जब निखिल मैदानमा देखिए अनि सुरु भयो निखिल निखिल र  'किङ' किङ' को हुटिङ । निखिल दर्शकसँग पुग्दा उनीसँग तश्विर लिने सेल्फी लिने र गला मिलाउने अबसर दर्शकले पाए । त्यो समय दर्शकले निखिललाई उचाले, धेरै मिनेट बाहिर निस्किन नै दिएनन् । 
 
उता निखिलसँगसँगै रहेका अर्का अभिनेता अनुपबिक्रम शाही, प्रज्वलसुजल गिरी र अभिनेत्री वेनिशा हमालसँग तश्विर लिने दर्शक पनि राम्रै थिए । पर्दामा देखिरहेका कलाकारहरुलाई आफ्नै अगाडी देख्दा धेरै दर्शकले खुसियाली साटे । 
 
सविर श्रेष्ठ निर्देशित फिल्मका निर्माता जयन श्रेष्ठ हुन् । रुपा राना, जगन श्रेष्ठ पनि लिड अभिनयमा छन् । 'किङ'को वक्सअफिस विजनेस रिपोर्ट आउन बाँकी छ ।
Most Visited News (monthly)