मिति : २०८१ वैशाख १४, शुक्रवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 4.00/5.00)
Text size:-
+
-

'शब्द' विजनेस सुखद, दर्शकको मनमा सौगात र अनुभव

फिल्मीखबर, काठमाडौं, 2017/01/15
बिहिबारबाट प्रदर्शनमा आएको फिल्म 'शब्द' ले सुखद सुरुवात गरेको छ । मल्टिप्लेक्स तथा सिंगल स्कृनमा एकसाथ प्रदर्शनमा आएको फिल्म हेर्ने दर्शकले अभिनेता सौगात मल्लको कामको तारिफ गरेका छन् ।
 
 
शनिबार फिल्मको विजनेस देशभर राम्रो रह्यो, धेरै हलमा हाउसफुल दर्शक पायौं, उत्साहित मुद्रामा निर्देशन सन्तोष शिवाकोटीले भने । 'जति दर्शकले हेर्नु भएको छ, मन परेको बोल्नु भएको छ, नहेर्नेलाई हामीले मात्र होइन हेर्ने दर्शकले नै आग्रह गर्नु भएको छ', खुसी हुँदै शिवाकोटीले भने । सौगातसँगै अनुभव रेग्मीलाई दर्शकले नोटिस गरेका छन् ।
 
शनिबार फिल्मीखबरकर्मी राजधानीको गोपिकृष्ण हल पुग्दा ‌ओम हल हाउसफुल थियो, निर्माण टिम दर्शकले टिकट खोजिरहेको भन्दै अर्को हलको व्यवस्था गरिदिन सञ्चालकसँग आग्रह गर्दै थिए । कलाकार अनुभव रेग्मीको उपस्थितीले दर्शक थप्न खास भुमिका खेलेको थियो । 
 
फिल्ममा सौगात र अनुभवसँगै कमली वाईवा, ए गुरुङ, रोयद्विप श्रेष्ठ लिड अभिनयमा छन् । विष्णुभक्त थेवे र छिरिङ लामाले लगानीमा साझेदारी गरेका छन् ।