मिति : २०८१ वैशाख १२, बुधवार

Nepal's No.1 Filmy Web Magazine

  • Current Rating
  • 1
  • 2
  • 3
  • 4
  • 5
(1 vote, avg 3.00/5.00)
Text size:-
+
-

हट मालासँग निश्चलको रोमान्स (भिडियो)

फिल्मीखबर, काठमाडौं, 2017/01/15
छायाँकनको एक हप्तामै फिल्म 'पर्व'को गीत रिलिज गरिएको छ । लोक फ्लेभरको गीतमा निर्देशक निश्चल बस्नेतले हट अभिनेत्रीको उपमा पाएकी हिरोईन माला लिम्बुसँग कम्मर मर्काएका छन् । 
 
 
गीतमा स्वर पनि निश्चलको नै छ भने फिमेल भर्सनमा मीना निरौलाले निश्चललाई साथ दिएकी छिन् । कोशिश क्षेत्रीले संगीत भरेको गीतको शब्द दिनेश राउतको हो । 
 
सार्वजनिक 'काले दाई' बोलको गीतमा कोरियोग्राफी कविराज गहतराजको छ । सुवास इन्टरटेन्मेन्ट अनि गोपिकृष्ण टिभी फिल्मीको ब्यानरमा बनेको फिल्मका निर्देशक दिनेश राउत हुन् । 
 
फिल्ममा नम्रता श्रेष्ठ, कोशिश क्षेत्रीसँगै जेविका कार्की, केशव भट्टराई,  प्रिया रिजाल, अमितेश शाह लिड अभिनयमा छन् । पटकथा तथा संवाद किरण माईकलको हो ।