फिल्म 'डाइङ क्यान्डल'को अफिसियल ट्रेलर रिलिजसँगै प्रदर्शन मिति घोषणा भएको छ । माघ २८ गतेदेखि रिलिज हुने फिल्मको ट्रेलर सार्वजनिक गर्दै प्रचार सुरु गरिएको हो ।
नरेशकुमार केसीको पटकथा एवं निर्देशन रहेको फिल्ममा सृजना सुब्बा, सौगात मल्ल, लाक्पा तामाङ, अर्पण थापा र विद्या कार्कीको मुख्य भूमिका छ । क्विन्स फिल्म फेस्टिभलमा छायांकन विधामा अवार्ड जिते लगत्तै फिल्म चर्चामा आएको थियो ।
रविन, विमल सुवेदी र उत्तम केसीको संयुक्त लगानी रहेको फिल्म दिदी भाईको आत्मीय सम्बन्धमा आधारित छ ।